आगलागीबाट २० लाख बढीको क्षति

Jasus Khabar 3958+ समाचार ( )
९ अशोज २०८२

थुलुङ दुधकोशी गाउँपालिका-७ देउसाका हरिसचन्द्र राईको घरमा बिहीबार बिहान आगलागी भएको छ। आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया