बाँदरको मृत्युमा पूरै गाउँलेले गरे टाउको मुण्डन

Jasus Khabar 3942+ समाचार ( )
१८ भाद्र २०८२

भारतको महाराष्ट्र धुले जिल्लास्थित बल्दे गाउँमा एक बाँदरको मृत्यु भएपछि पूरै गाउँलेले सामूहिक रूपमा अन्तिम संस्कार गरी टाउको मुण्डन गरेका छन्। बाँदरको अन्तिम संस्कारको सम्पूर्ण प्रक्रिया स्थानीय हनुमान मन्दिरमा सम्पन्न गरिएको थियो।

गत २३ अगस्टमा गाउँमा बाँदरमाथि आवारा कुकुरहरूले आक्रमण गरेका थिए। कुकुरको आक्रमणमा बाँदर गम्भीर घाइते भई जङ्गलतर्फ भाग्यो। समयमै उपचार नपाएकाले उसको मृत्यु भयो।

केही दिनअघि मात्र गाउँलेहरूले बाँदरको शव फेला पारेपछि उसलाई धार्मिक प्रतीकका रूपमा मान्दै अन्तिम संस्कार गर्ने निर्णय लिए। यस क्रममा पूरै पाँच दिनसम्म गाउँमा शोक मनाइयो। एजेन्सी

प्रतिक्रिया