पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्ने बताएका छन् ।>
बुधबार सामाजिक सञ्जालमार्फत उनले हामी सबैले आफ्ना विचार खुल्ला रुपमा व्यक्त गर्ने अधिकार छ, र सबै एक अर्काको विचारको सम्मान गर्नुपर्छ भनी लेखेका हुन् ।>
उनले लेखेका छन्,'कहिलेकाहीँ फिल्मको भूमिका निभाउनु भन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैले आफ्ना विचार खुल्ला रुपमा व्यक्त गर्ने अधिकार छ, र सबै एक अर्काको विचारको सम्मान गर्नुपर्छ ।'>
उनले अगाडि लेखेका छन्, 'दयालुता फैलाऔँ । नेपालीहरूले एक अर्कालाई सहयोग गर्नुपर्छ, न कि तल झार्न ।'>>