लागू औषध ब्राउन सुगरसहित दुई जना धरानबाट पक्राउ

Jasus Khabar 3962+ समाचार ( )
२० आषाढ २०८२

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–१५ विशाल चोकस्थितबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।


बिहिवार साँझ करिब ६ बजे अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ घर भई हाल धरान–१५ विशाल चोक बस्ने २६ वर्षीय दिवश राई र धरान–१५ महादेव चोक बस्ने २९ वर्षीय बिसन श्रेष्ठलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।


पक्राउ परेकाहरूको साथबाट ०.४६० ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया