माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने

Jasus Khabar 3942+ समाचार ( )
२२ भाद्र २०८२

 काभ्रेपलान्चोकस्थित साँगामा रहेको पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितको मुद्दामा सुनुवाइ सकिएको छ।

विशेष अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासमा पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकिएको हो । 

सुनुवाइ सकिएकाले अदालतले आइतबार नै यो मुद्दामा आदेश दिन सक्नेछ । 

प्रतिक्रिया