वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष शाहीको निधन

Jasus Khabar 3942+ समाचार ( )
१४ श्रावण २०८२

सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ ।

काठमाडौंको वीर अस्पतालबाट एम्बुलेन्समार्फत घर फर्किंदै गर्दा भेरीगंगा नगरपालिका–५, हर्रे नजिकै आज बिहान साढे ११ बजे उनको मृत्यु भएको हो।

उनी एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित थिए भने निमोनियालेसमेत थलिएका थिए ।

वीर अस्पतालको आइसियुमै राखेर पनि सन्चो नहुने उपचारमा संलग्न चिकित्सकले बताएपछि घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ५ नम्बरका कार्यवाहक वडाध्यक्ष वासु आचार्यले बताए । 

वडाध्यक्ष शाहीको भोलि बिहान ९ बजे सुर्खेतको भेरी नदी किनारमा दाहसंस्कार गरिने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले उनको निधनमा शोक मनाउँदै बुधबार बिदा दिने निर्णय गरेको छ।

शाही नेकपा एमालेबाट २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।  उनी १० महिनादेखि बिरामी थिए ।

प्रतिक्रिया