सप्तरीबाट ८० बोरा गाँजा बरामद

Griha Sewa 46+ समाचार ( )
१९ फाल्गुन २०८१

सप्तरी । सप्तरीको राजविराजस्थित मुरहीको एक गोदामबाट प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरेको छ ।  जिल्लाको राजविराज नगरपालिका वडा नम्बर–९ बाट प्रहरीको टोलीले ८० बोरा लागुऔषध गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा सीडीओसहितको उपस्थितिमा अहिलेसम्म प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरिएको प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए । उनका अनुसार अहिले गोदाममा खोजविन चलिरहेको छ 

गोदाममा कपडा हार्डवेयरका सामानसहित स्याउसमेत राखिएको प्रहरीले जानकारी दिएको छ । कसको गोदाम हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनायो । 

गोदामबाट बरामद गाँजाको नापतौल गर्ने काम चलिरहेको प्रहरी प्रमुख खतिवडाले बताए । सीडीओ भोला दाहालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्तरूपमा गोदाममा छापा मारेको हो ।  

प्रतिक्रिया