भक्तपुरमा एकाबिहानै बस दुर्घटना, छैन नम्बरप्लेट

Jasus Khabar 3942+ समाचार ( )
३० वैशाख २०८२

 भक्तपुरमा एकाबिहानै बस दुर्घटना भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-६ निकोसेरामा मंगलबार बिहान २ बजे बस दुर्घटना भएको हो ।

भक्तपुर प्रहरीका अनुसार बस गाडीका सहचालक २० वर्षीय अनिल खत्रीले चलाएका थिए। बस दुर्घटना भए लगत्तै नम्बर प्लेट निकालिएको थियो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ । ‘बिहानै भएको रहेछ । बस चलाएका सहचालकलाई पक्राउ गरी ल्याउँदैछौँ । त्यपछि नम्बर र अन्यकुरा खुल्नेछ,’ प्रहरी परिसर भक्तपुरका प्रवक्ताले देशसञ्चारसँग भने ।

प्रतिक्रिया