तपाईंलाई केही आपत् पर्यो ? वा अवस्था तपाईंको नियन्त्रणमा भएन ? कतै दुर्घटना भयो, तपाईंले सम्झने नम्बर हो, १००। नेपाल प्रहरीको आपत्कालीन हटलाइन नम्बर १०० मा काठमाडौंमा मात्रै दिनहुँ हजारौं फोन आउने गर्छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले गत आर्थिक वर्षको तथ्यांक सार्वजनिक गरेको छ। यो तथ्यांकअनुसार गत वर्ष आपत्कालीन हटलाइन नम्बर ‘१००’ मा ४ लाख २८ हजारभन्दा बढी कल आएको थियो। दिनहुँ ११ सयदेखि १२ सयसम्म विभिन्न फोन कल आउने गर्छन्। प्रहरीको कन्ट्रोल रूपमा दर्ता भएका फोन कलको संख्याको आधारमा यो तथ्यांक निकालिएको हो।>
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज अधिकारीले १०० नम्बरमा आएका कलहरू प्रहरीको कार्यसम्पादनको महत्वपूर्ण आधार बनेको बताए। यो हटलाइन नागरिक र प्रहरीबीचको प्रत्यक्ष पुल हो। हामीले यहाँबाट प्राप्त सूचनाको आधारमा तत्काल प्रतिकार्य गर्छौं। >
प्रहरीको तथ्यांकअनुसार १०० नम्बरमा सबैभन्दा बढी कलहरू झगडा, विवाद र सवारी दुर्घटनासम्बन्धी रहेको छ। यस्तै, चोरी घरेलु हिंसा र कुटपिटजस्ता घटनाहरूसँग सम्बन्धित फोन कलहरू पनि प्रहरीमा दिनहुँ आउँछन्। मापसे गरी होहल्ला र आगलागीजस्ता विषयमा पनि धेरै फोन आउने गर्छन्। >
एसएसपी अधिकारी भन्छन्, आपत्कालीन हटलाइनमा आएका फोन कलमध्ये गम्भीरताका आधारमा प्रहरी परिचालन हुनेगर्छ। तत्कालै उद्धार गर्नुपर्ने, प्रहरी परिचालन भएर काम गर्नुपर्ने अवस्थाको फोन कल छ भने प्रहरी तत्कालै घटनास्थल पुग्नेगर्छ। प्रहरीले हटलाइनमा आएका कलहरूका आधारमा तत्काल घटनास्थल पुग्ने व्यवस्था मिलाएको छ। प्रतिवेदनअनुसार ४२ प्रतिशत घटनामा प्रहरी ५ मिनेटभन्दा कम समयमा घटनास्थल पुगेको थियो भने २४ प्रतिशत घटनामा ५ देखि १० मिनेटभित्र पुगेको थियो।>
गत आर्थिक वर्षमा काठमाडौंमा विभिन्न १०१८ वटा विरोध तथा आन्दोलनका कार्यक्रम भएका छन्। यी कार्यक्रमको सुरक्षार्थ, काठमाडौंमा ३ लाख ८७ हजारको संख्यामा प्रहरी परिचालन भएका छन्। गत आवमा वटा धर्ना, ३७२ वटा विरोधका कार्यक्रम, ६८ वटा विरोध र्याली, ६४ वटा तालाबन्दीका घटना भएका छन्। >
गत वर्ष काठमाडौं उपत्यकामा २,७२२ वटा आगलागीका घटना घटेका छन्। यो मध्ये सबैभन्दा बढी आगलागी १,८७६ वटा बिजुलीका पोल तथा ट्रान्सफर्मर जलेका छन्। यस्तै, विद्युत् सर्ट भएर कोठामा आगलागी हुने, तथा ग्यास लिक भएर आगलागी हुने घटना पनि धेरै छ। >
>>>>
>>