सुपर ३ को अन्तिम खेलमा पराजित भयो नेपाल, थाइल्यान्ड ७८ रनले विजयी

Jasus Khabar 3942+ समाचार ( )
७ जेठ २०८२

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७६ रनले पराजित भएको छ ।

सुरुवाति ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल ९ विकेट गुमाउँदै ८० रनमा समेटिएपछि थाइल्यान्डले फराकिलो जित निकालेको हो ।

थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

प्रतिक्रिया