ओखलढुंगाको लिखु गाउँपालिकामा नयाँ प्रशासकीय भवनको शिलान्यास

Jasus Khabar 3942+ समाचार ( )
१ जेठ २०८२

ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्यको शिलान्यास एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। गाउँपालिका परिसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापा, प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष श्री मोहन कार्की तथा प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार राउतले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री अशोक कुमार कार्की, विभिन्न वडाका वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, गाउँपालिकाका शाखा प्रमुखहरू, कर्मचारीहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सुव्यवस्थित र आधुनिक सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त भवन आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी एरोन बिल्डर्स प्रा. लि. सँग ठेक्का सम्झौता गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

यस भवनको निर्माणसँगै प्रशासनिक सेवा प्रवाह थप छरितो, सहज र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले यो पहललाई स्वागत गर्दै विकास र स्थायित्वतर्फको सकारात्मक संकेतका रूपमा लिएका छन्।

प्रतिक्रिया