सिरियामा भएको हिंसामा ५९४ जनाको मृत्यु

Jasus Khabar 3958+ समाचार ( )
२ श्रावण २०८२

काठमाडौं : सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार दक्षिणी सिरियामा हालै भएको हिंसामा ५९४ जनाको मृत्यु भएको छ।

बेलायतस्थित उक्त संस्थाले आइतबारदेखि सुरु भएको हिंसा चरम क्रूरताले भरिएको बताएको हो ।

एसओएचआरले बिहीबार हिंसामा ड्रुज समुदायका ३०० जनाले ज्यान गुमाएको बताएको छ। यसमा १४६ लडाकु र १५४ जना सर्वसाधारण छन्।

एसओएचआरका अनुसार १५४ जना सर्वसाधारणमध्ये ८३ जनालाई सरकारी सेनाले मुद्दा चलाउन नदिएर तुरुन्तै मारेको थियो।

संस्थाले १८ बेदुइन लडाकु र २५७ सरकारी कर्मचारी मारिएको उल्लेख गरेको छ। ड्रुज लडाकुहरूले कुनै मुद्दा बिना नै बेदुइन समुदायका तीन नागरिकको हत्या गरे।

यसबाहेक इजरायली हवाई आक्रमणमा १५ अन्य सरकारी कर्मचारी मारिएका छन्। इजरायलले ड्रुज समुदायको सुरक्षाका लागि यो आक्रमण गरेको बताएको छ।

तर बीबीसीले अझैसम्म एसओएचआरको तथ्याङ्क पुष्टि गर्न सकेको छैन।

 

प्रतिक्रिया

सम्बन्धित समाचार