आमाको नामबाट नागरिकता नबन्दा छोराछोरी पढाइबाट वञ्चित

Jasus Khabar 3942+ समाचार ( )
६ जेठ २०८२

 सप्तरी हनुमाननगरकंकालनी नगरपालिका–४ का शंकर कुमार मण्डल ३१ वर्षका भएका छन्। तर उनको अहिलेसम्म नागरिकता बनेको छैन। 

गर्भावस्थामै बुवा बेपत्ता भएका मण्डलले आमाको नामबाट नागरिकता नपाउँदा उनका तीन छोराछोरीको शिक्षा प्रभावित भएको छ। आफ्नो नागरिकता नभएकाले उनले आफ्नो विवाह दर्ता र छोराछोरीको  जन्मदर्ता बनाउन सकेका छैनन्।  

आमासँग नागरिकता र राष्ट्रिय परिचयपत्र भएपनि मण्डलले आमाको नामबाट नागरिकता पाउन सकेका छैनन्।

उनले भने,‘नागरिकता नहुँदा कुनै व्यवसाय गर्न सकेको छैन। छोराछोरीलाई पढाउन सकेको छैन।’ मण्डलका ८ वर्षीया छोरी सपना, ५ वर्षीय छोरा कार्तिक र ३ वर्षीय छोरा प्रलाद छन्। 

आमासँग सबै प्रमाण हुँदा पनि आफ”ले नागरिकता नपाउँदा समस्यामा परेको उनले बताए।   

आमाको नामबाट नागरिकता दिने भएपछि सबै पक्रिया पुरा गरेको बताउँदै उनले अहिले आमाको नामबाट नागरिकता नदिएको उनले सुनाए। 

जिल्ला प्रशासन कार्यालय सप्तरीले आमाको नामबाट नागरिकता लिन आउनेको पहिचान गरेर सिफारिस गर्न स्थानीय तहलाई पत्राचार गरिएपनि त्यसको केही दिनमा आमाको नामबाट नागरिकता दिन बन्द गरिएको जनाएको छ।  

प्रतिक्रिया