परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको पर्यटन क्षेत्रको विकासमा सबैभन्दा ठूलो अवरोध कनेक्टिभिटी रहेको बताएकी छन्।>
सोमबार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन्। नेपाल एयरलाइन्सको व्यवस्थापनमा सुधार नगरी पर्यटनमा प्रगति गर्न कठिन हुने उनको भनाइ छ।>
>
उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको संस्थागत सुधार गर्न आवश्यक रहेको बताइन्। उनले वायुसेवा निगमलाई यही अवस्थामा सञ्चालन गर्न नसकिने उल्लेख गर्दै कुन मोडलमा सञ्चालन गर्ने भन्नेबारे पसनर्विचार गर्न आवश्यक रहेको बताइन्।>
उनले भनिन्, ‘पर्यटन क्षेत्रको विकासको लागि हामीलाई सबैभन्दा धेरै समस्या परेको विषय कनेक्टिभिटी नै हो। म जहाँ पनि जान्छु केनक्टिभिटीको कुरा गर्छु, रुट पनि माग्छु तर मलाई लाग्छ हामी रुट त मागिरहेका छौँ। तर नेपालको प्लेन त चारवटा छ। कसको लागि मागिरहेको छु जस्तो लाग्छ। त्यस कारण एकचोटि यो नेपाल एयरलाइन्सलाई पुरै ओभर अलिङ नगर्यो भने गाह्रो छ। पहिला विद्यार्थी हुँदा कुनै पनि एयरलाइन्स नचढेर नेपाल एयरलाइन्स नै चढ्थ्यौँ। अहिले चाहिँ नेपाल एयरलाइन्स चढ्नलाई व्यवस्थापकीय सुधार हुनुपर्छ।’>>