चिकित्सक डा. रामेश काेइरालाले राजीनामा दिएका छन् । धरानस्थति बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे भीसीका लागि कांग्रेसकाे सिफारिसमा ‘सर्ट लिस्ट’ मा परेका काेइरालाले बुधबार राजीनामा दिएका हुन् ।>
उनी बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्डियाेभास्कुलर विभागकाे प्रमखुकाे रूपमा कार्यरत थिए । उक्त केन्द्रमा उनले २५ वर्षदेखि काम गरिरहेका थिए । उनले आफू विदेशमा रहेकाे हुँदा राजीनामा विद्युतीय माध्यमबाट दिनुपरेकाे भनेका छन् । उनले राजीनामा दिनुमा व्यक्तिगत कारण भनेका छन् ।>
आजै केन्द्रका कार्यकारी निर्देशकलाई इमेलमार्फत् राजीनामा दिएकाे सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन् । उनले उक्त राजीनामा कांग्रेस नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पाैडेल र कांग्रेसकै महामन्त्री गगन थापाकाे नाम उल्लेख गर्दै ‘सल्लाह-सुझाव दिन हरदम उपलब्ध हुनेछु’ भनेका छन् । >
सामाजिक सञ्जलामा समसामयीक विषयमा टिप्पणी लेखिहाल्ने काेइराला केही दिनयता चुपचापजस्तै थिए । आज एक्कासि उनकाे राजीनामा सार्वजनिक भएपछि धेरैले आश्चर्य प्रकट गरेका छन् । पत्रकार नारायण वाग्लेले ‘एक्कासि किन यसरी देश, सीप र पेसा नै छाड्नुपर्यो’ भनेर प्रश्न गरेका छन् ।>
त्यस्तै लेखक सीमा आभासले काेइरालाकाे राजीनामाले दु:खी बनाएकाे भन्दै ‘उनले देश छाड्दा म साँच्चै राेइरहेकी छु’ भनेर एक्समा लेखेकी छन् ।>
बीपी प्रतिष्ठानमा प्रा.डा. विक्रम श्रेष्ठलाई उपकुलपति बनाउने सरकारले निर्णय गरेकाे छ । काेइराला प्रतिष्ठानकाे भीसी बन्ने दाैडमा थिए । काेइराला आमाकाे मुटु, चार्ल्स शाेभराज र काेपिला आश्रम किताबका लेखकसमेत हुन् ।>
>>