फाइनल पुग्न नेपाललाई मलेसियाले दियो सामान्य लक्ष्य

Jasus Khabar 3942+ समाचार ( )
१९ आषाढ २०८२

 एसीसी मेन्स् यु-१६ इस्ट जोन कपको फाइनल पुग्न नेपाललाई मलेसियाले ९१ रनको सामान्य लक्ष्य दिएको छ। क्वालालम्पुरस्थित सेलाङ्गोर ट्रफी क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम मलेसिया ४३.१ ओभरमा ९० रन बनाउँदै अलआउट भएको हो।‌

मलेसियाका लागि मोहम्मद फाथुलले सर्वाधिक ३८ रन बनाए। उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। उनलाई नेपालका कप्तान विपिन शर्माले ४३.१ ओभरमा प्रसिद्ध जैसीको हातमा क्याच गराउँदै मलेसियाको अन्तिम विकेट लिएका थिए। मलेसियाका कप्तान दिएज पात्रोले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

नेपालका लागि बलिङतर्फ अभय यादवले सर्वाधिक ४ विकेट लिए। यस्तै शुभम खनालले ३ विकेट लिँदा सचिन भट्ट र कप्तान विपिन प्रसाद शर्माले समान १-१ विकेट लिए। नेपाल समूह 'ए'को विजेताको रूपमा सेमिफाइनल खेलेको हो। मलेसिया समूह 'बी'को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। 

दोस्रो सेमिफाइनल समूह 'ए'को उपविजेता रहेको सिङ्गापुर र समूह 'बी'को विजेताको रूपमा रहेको हङकङ बीच हुनेछ। प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए। 

एसीसी मेन्स् यु-१६ इस्ट जोन कप २०२५ को फाइनल जुलाई ५ मा हुनेछ।

प्रतिक्रिया