पछि माछा व्यापारीले २० हजार दिन बाध्य भएको थियो ।>
प्रहरी निरीक्षक साहले भन्सार चोरी पैठारी गर्ने ब्लेकियाहरुसँग पनि महिनाबारी उठाउँछन् । उनले गोलबजारस्थित होटल मनुज र होटल आनन् (होटलको नाम परिवर्तन)बाट मासिक ५०/५० हजार रकम लिएर देहव्यापार गर्ने गराउने छुट दिएका छन् । उनले हाटलबाट रकम लिंदा जिल्लालाई पनि दिनुपर्ने भन्दै असुल गरेको एक प्रहरी जवानले बताए ।>
इन्सपेक्टर साहले गोलबजारका एक कपडा पसलबाट रकम मागेको र नदिंदा उनको पसलको छेउमै प्रहरीका एक जवानलाई दुई हप्तासम्म ड्युटी खटाएर मानसिक तनाव दिएको पीडित व्यापारीको गुनासो छ ।>
प्रहरी निरीक्षक साहको असुली आचरणबाट गोलबजार क्षेत्रमा त्राही त्राही फैलिएको छ । शान्ति सुरक्षाको अवस्था खल्बलिएको स्थानीय बताउँछन् ।>>