मनाङमा ३५१९ मिटर उचाइमा म्याक्सस इ-टेरोन ९ सार्वजनिक

Jasus Khabar 3962+ समाचार ( )
६ जेठ २०८२

मनाङ- हिमालय मोट्रक्सले नेपालमै पहिलो पटक ३५१९ मिटर उचाइमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ-टेरोन ९ पिकअप’ सार्वजनिक गरेको छ।

मनाङमा आयोजित कार्यक्रममा ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको थियो।

कम्पनीले यो विद्युतीय पिकअप नेपालको कठिन भूभागका लागि उपयुक्त रहेको दाबी गरेको छ।

डुअल मोटर, फोरह्विल ड्राइभ, एडप्टिभ एअर सस्पेन्सन र शक्तिशाली फिचरहरू रहेको यो पिकअपको सुरुवाती मूल्य ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्सले यो गाडी नेपालमा ल्याएको हो।

प्रतिक्रिया