सुनसरी । जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर कटवालको आइतबार बिहान दुर्भाग्यपूर्ण निधन भएको छ। कटवाल घर बिदामा आएका बेला आफ्नै निर्माणाधीन घरमा पानी हाल्ने क्रममा दोस्रो तल्लाबाट लड्दा गम्भीर घाइते भएका थिए।>
सुनसरीको इटहरी उपमहानगरपालिका–२० धनपुरी टोलस्थित घरमा बिहान करिब ८ बजे काम गर्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेको र कानबाट रगत बगेको अवस्थामा उनलाई तत्काल विराटनगरस्थित आर्या न्युरो हस्पिटल पुर्याइएको थियो।>
>
उपचारकै क्रममा कटवालको दिउँसो साढे १२ बजे निधन भएको अस्पतालले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको र पारिवारिक स्रोतका अनुसार अन्त्येष्टि आज गरिनेछ।>
>
घटनाले कटवाल परिवारसहित प्रहरी संगठनलाई गहिरो शोकमा डुबाएको छ। अत्यन्त कर्मठ, इमानदार र कर्तव्यनिष्ठ अधिकृतका रूपमा चिनिएका प्रेम बहादुर कटवालको निधनले प्रहरी संगठनमा अपूरणीय क्षति पुगेको भन्दै सहकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।>
>