लोकही सिटीहल उद्घाटनका लागि राष्ट्रपति पौडेल आउने

Jasus Khabar 3942+ समाचार ( )
५ जेठ २०८३

सुनसरी । कोशी गाउँपालिका-१ स्थित निर्माण सम्पन्न भएको “लोकही सिटीहल” भवनको उद्घाटन समारोह आयोजना गर्ने भएको छ।

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङ (विराटनगर) को सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको निमन्त्रणा पत्र अनुसार उद्घाटन समारोह २०८३ जेठ ६ गते बुधबार बिहान १०ः३० बजे लोकही सिटीहल परिसर, कोशी गाउँपालिका, सुनसरीमा आयोजना गरिनेछ।

कार्यक्रमलाई गरिमामय बनाउन समयअघि नै उपस्थित हुन गाउँपालिकाले सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवालालाई आग्रह गरेको छ।

उक्त कार्यक्रमको आयोजना कोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, बद्रीपुल सुनसरीले गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार