तिहार मनाउन न्यानो कपडासहित चेपाङ्ग बस्ती चितवन पुगे मन्त्री किराती

Jasus Khabar 1+ समाचार ( )
२७ कार्तिक २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती चेपाङ्ग बस्तीमा तिहार मनाउन चितवन पुगेका छन् । मन्त्री किरातीले चितवनको इच्चाकामना गाउँपालिकामा रहेको चेपाङ्ग बस्तीमा तिहार मनाउने बताइएको छ ।

तिहार मनाउन चेपाङ्गवस्ती पुगेका मन्त्री किरातीले त्यहाँ रहेका २० घर चेपाङहरुलाई जाडोको न्यानो कपडा वितरण गर्ने बताइएको छ ।

मन्त्री किराती चाडवाडको समयमा विभिन्न बस्तीहरुमा पुगेर चाडवाड मनाउने गरेका छन् । किरातीले दसैं पनि गृह जिल्ला भोजपुरको मैयुङडाँडाका चौरी पालक र भेडा पालक गोठाला ९किसान० हरुसँग मनाएका थिए ।



  

प्रतिक्रिया