अर्घाखाँचीमा बन्चरो प्रहार गरी दाइले गरे भाइको हत्या

Jasus Khabar 3942+ समाचार ( )
१३ आषाढ २०८२

अर्घाखाँचीमा आफ्नै दाइले बन्चरो प्रहार गरी भाइको हत्या गरेका छन्।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ६ पाखापानी निवासी ४२ वर्षीय बिष्णुबहादुर बादीले आफ्नै ३२ वर्षीय भाइ बमबहादुर बादीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

बन्चरो प्रहारबाट घाइते भाइको उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। बिहीबार साँझ दुई भाइबिच विवाद हुँदा घटना घटेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

हत्या गरेर फरार भएका अभियुक्तलाई भाग्ने क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया