प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश पारित गर्न तोक्यो बुक क्लोज मिति

Jasus Khabar 3942+ समाचार ( )
६ भाद्र २०८२

 प्रभु स्मार्ट फण्डले लाभांश पारित गर्ने बुकल क्लोजको मिति तय गरेको छ । 

फण्डले गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट इकाईधनीलाई करसहित १० प्रतिशत लाभांश दिने भएको छ । लाभांश प्रयोजनका लागि फण्डले भदौ १५ गते आइतबार बुक क्लोज मिति तोकेको छ । 

भदौ १२ गतेसम्म कायम रहेका शेयरधनीले मात्र फण्डले वितरण गर्ने १० प्रतिशत लाभांश पाउने छन् ।

उक्त फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत छ ।

क्यापिटलको साउन ३० गते शुक्रबार बसेको ११६औँ सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । उक्त फण्ड बन्दमुखी हो ।


प्रतिक्रिया