घाइते कंगारुलाई सहयोग गर्न रोकिएका २ नेपाली नर्सको दुर्घटनामा मृत्यु

Jasus Khabar 3942+ समाचार ( )
२३ भाद्र २०८२

 अस्ट्रेलियाको मेलबर्नको ह्युम फ्रीवेमा घाइते कंगारुलाई सहयोग गर्न कार रोकेका दुई जना नेपाली नर्सको दुर्घटनामा मृत्यु भएको छ ।

१४ वर्षभन्दा लामो समयदेखि मिल्ने साथी रहेका ३० वर्षीया सरला खड्का र ३० वर्षीया अरिजा सुवालको बिहीबार राति दुर्घटनामा मृत्यु भएको हो । उनीहरु मेलबर्नको अल्फ्रेड अस्पतालमा नर्सको रूपमा कार्यरत थिए । उनीहरू अरिजाको ३०औं जन्मदिन मनाएर फर्किरहँदा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार उनीहरूले गाडी चलाउँदै गर्दा एउटा कंगारुलाई ठक्कर दिएका थिए र त्यसलाई सहयोग गर्न रोकिएका थिए । तर, अध्याँरो र खराब मौसमका कारण पछाडिबाट तीव्र गतिमा आएको अर्को कारले उनीहरूलाई ठक्कर दिँदा दुर्घटना भएको त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा बेभरिज निवासी सरलाको घटनास्थलमै निधन भएको थियो भने थोमसटाउनकी अरिजालाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार