भारतको सिमलामा भएको गाडी दुर्घटनामा ४ जना नेपालीको मृ*त्यु, २ घाइते

Jasus Khabar 3942+ समाचार ( )
३१ भाद्र २०८२

भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा हिजाे भएको गाडी दुर्घटनामा एकैघरका तीनसहित चारजना नेपालीको मृत्यु भएको छ। सल्यानको कुमाख गाउँपालिका- ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको साेमबार भएकाे सवारी दुर्घटनामा मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिए।

हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख- ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो।  दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन्। नवराज र हिमबहादुर गाडीकाे ढाला पछाडि बसेकाले फाल हानेर जाेगाएका छन्। ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छाेरा हुन्।

घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस सम्बन्धी कुनै पनि जानकारी आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको जनाएको छ। याे दुर्घटनामा गाडी चालक भारतीय नागरिककाे पनि मृत्यु भएकाे छ। मृतक सबैकाे पोष्टमार्टमपछि शव नेपाल ल्याउने तयारी छ। मृतकलाई किरिया खर्चसहित भारतीय पक्षले चार लाख २५ हजारका दरले राहत दिने जानकारी गराएकाे मल्लले बताए।


प्रतिक्रिया