चिरखुवा खोलामा बन्यो पाँच करोड ६२ लाखको पक्की पुल

Jasus Khabar 3958+ समाचार ( )
२० आषाढ २०८२

चिरखुवा खोलामा ५ करोड ६२ लाख रुपैयाँको लागतमा २०.६० मिटर लामो पक्की पुल बनेको छ।  

पूर्वाधार विकास कार्यालयमार्फत बनेको यो पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन्। यो रकम कोशी प्रदेश सरकारले दिएको हो।  

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलाको पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्। पुलमा हल्का सवारी साधन पनि चल्न थालेका छन्। जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ। रासस

प्रतिक्रिया