१२ किलो चाँदीसहित एक जना पक्राउ

Jasus Khabar 3958+ समाचार ( )
१४ जेठ २०८२

१२ किलोभन्दा बढी चाँदीसहित नागढुंगा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक बाराको कलैया घर भएका ३२ वर्षीय अनिश कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग नागढुंगाको टोलीले उनलाई सोमबार राति पौने १० बजेतिर नागढुंगाबाट पक्राउ गरिएको जनाएको छ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसलाई जाँच गर्ने क्रममा १२ किलो १७६ ग्राम अवैध चाँदी बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठटमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए।

बिल बिजक बिनाका चाँदीका गरगहना सहचालकले काठमाडौं ल्याएको खुलेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया