युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित पारेको छ। धेरै सहरमा तापक्रम ४० डिग्री सेल्यिससम्म छ।>
इटाली, स्पेन र ग्रिस लगायत देशमा डढेलो र आगलागीको जोखिम बढेको भन्दै सबैलाई सचेत हुन भनिएको छ।>
जलवायु वैज्ञानिकले युरोपको दक्षिणी भागमा अन्य धेरै किसिमका समस्या आउन सक्ने चेतावनी दिएका हुन्।>
पोर्चुगल, स्पेन र इटालीमा तातो हावाको बहावपछि पर्यटक बाहिर निस्कन नै डराएका छन्।>
आइतबार इटालीको स्वास्थ्य मन्त्रालयले रोम, मिलान र नेपल्स लगायत धेरै स्थान गर्मीको जोखिममा रहेको बताएको छ।>
गर्मी याम सुरु हुने बित्तिकै ग्रिसमा पनि आगलागी सुरु भएको छ। ग्रिक अधिकारीले अब आउनसक्ने समस्यालाई ध्यानमा राख्दै १३० दमकल, १२ विमान र १२ हेलिकोप्टर तैनाथ गरेका छन्।>
स्पेनमा तापक्रम बढ्दै गएपछि कमजोर प्रौढमाथि खतरा भएको जनाइएको छ।>>