कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु

Jasus Khabar 3962+ समाचार ( )
३१ जेठ २०८२

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। सर्पको टोकाइबाट गोदावरी नगरपालिका–९ बल्मीका ५ वर्षीया रितु भाटको मृत्यु भएको हो। रितुलाई बुधबार राती आँगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो।

उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार मात्रै गोदावरी नगरपालिका–८ को श्रीपुरमा प्रावि तहमा कार्यरत एक शिक्षिका पार्वती अवस्थीलाई सर्पले टोकेको थियो । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । अवस्थीको उपचारका क्रममा मृत्यु भएको हो । यतिबेला धनगढीसहितका तराइ क्षेत्रमा सर्पदंश बढ्ने जोखिम हुन्छ ।


प्रतिक्रिया