रुकुम पूर्वमा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

Jasus Khabar 3942+ समाचार ( )
२८ श्रावण २०८२

रुकुम पूर्वको भुमे गाउँपालिका–५, धौलापैरा क्षेत्रमा बुधबार बिहान पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र रुकुम पूर्वका अनुसार बिहान करिब ६:३० बजे परेको अविरल वर्षासँगै आएको पहिरोले सवारीसाधन आवतजावत ठप्प भएको हो ।

घटनापछि प्रहरी र सशस्त्र प्रहरी बल नेपालको २५ जनाको संयुक्त टोलीले सडक खुलाउने प्रयास जारी राखेको केन्द्रले जनाएको छ । साथै, सिस्ने गाउँपालिकाले स्काभेटर पठाउने तयारी गरेको छ ।

बुधबार बिहान पख रुकुम पूर्व आसपास ठूलो वर्षा भएको थियो । 

प्रतिक्रिया