गभर्नर अधिकारीको नाममा फेक ह्वाट्सएप अकाउण्ट

Jasus Khabar 1+ समाचार ( )
२९ पौष २०८०

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी फेक आईडीको आतंकमा परेका छन् ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी ‘ह्वाटस् एप’ को नक्कली आईडी बनाएर दुरुपयोग भएको हो ।


शनिबार राति राष्ट्र बैंकका कर्मचारीहरुलाई गर्भनर अधिकारीको फेक ‘ह्वाटस् एप’ अकाउन्टबाट म्यासेज आएको थियो । उक्त म्यासेजमा सामान्य कुराकानीका लागि गरिएको म्यासेज आइतबार बिहान नक्कली पुष्टी भएको राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराज पोखरेलले बताए ।

‘हिजो रातिदेखि राष्ट्र बैंकका कर्मचारीहरुलाई गर्भनर ज्यूको नक्कली एकाउन्टबाट म्यासेजहरु गरिएको थियो भने केही कर्मचारीहरुलाई कल समेत गरिएको थियो । गर्भनर ज्यूले नै आफूले म्यासेज नगरेको बताएपछि सबैलाई उक्त आईडी नक्कली भएको थाहा भएको थियो ।

अहिलेसम्म कुनै आधिकारीक जानकारी आएको छैन ।


  

प्रतिक्रिया