इटहरीमा शैक्षिक जागरण सभा सम्पन्न

Griha Sewa 46+ समाचार ( )
९ फाल्गुन २०८१

आर्थिक अवस्था मात्र सुध्रेर समाज उँभाे लाग्दैन । नेपाली समाजकाे विकासकाे सवभन्दा महत्वपूर्ण तत्व शिक्षा हाे । हरेक परिवारमा शैक्षिक जागरणकाे माध्यमले शिक्षाकाे बिगुल फुक्नुपर्छ । हरेक घरमा मानिस शिक्षित भएपछि समाज विकासका सवै ढाेकाहरू खुल्छन् र सुसभ्य समाजकाे निर्माण हुँदै जान्छ", इटहरी, पकलीकाे इस्लाह टाेलस्थित मद्रसा इस्लाहुल मुस्लिमीनले आयाेजना गरेकाे शैक्षिक जागरण सभामा पूर्वमन्त्री माेहम्मद जाकिर हुसैनले भने ।

इटहरी, पकली इस्लाह टोलमा याे मद्रसा वि.सं. १९९० मा आएकाे भूकम्पभन्दा ३० वर्ष अघि नै स्थापना भएकाे थियाे । देशकै धेरै पुराना मद्रसाहरूमध्ये एक, याे मद्रसा इस्लाहुल मुस्लिमीन अझै प्राथमिक तहमै सीमित हुनुकाे कारणहरूमाथि बहस छलफल गर्दै यस मद्रसालाई कन्या मद्रसा (बनात) काे रूपमा रूपान्तरण गरी प्रत्येक वर्ष कक्षा बढाउँदै माध्यमिक तहमा पु-याउने निर्णय भएकाे छ ।

यस मद्रसामा शुरूबाटै इस्लामी र आधुनिक विषयहरू पठनपाठन हुँदै आएकाे पकली मर्कजका अध्यक्ष माेहम्मद युनुस अहमर हाशमीले बताए । उनले यसलाई माध्यमिक तहसम्म पुर्याउनु पर्ने विचार राखे ।

मद्रसाका अध्यक्ष नूर माेहम्मद रिजालले मद्रसाकाे विकास अब द्रुत गतिमा अगाडि बढ्ने बताए । उनले मद्रसामा ६० जना बालिका राख्ने गरी छात्रावास स्थापना भइरहेकाे बताए ।

पूर्वमन्त्री हुसैनले भने, 'नेपाल डेभलेपमेण्ट साेसाइटीका संस्थापक अध्यक्ष माैलाना नजरुल हसन फलाहीकाे यस मद्रसाकाे विकासमा याेगदान र चाेसाे दुवै रहेकाेमा आजकाे सभा र निर्णयहरूले उहाँलाई थप निर्माण कार्यकाे लागि अनुराेध गर्न सकिने आधार बनेकाे छ ।'

जागरण सभामा हदीस कुरैशी, अब्दुस्सकूर, माेहम्मद इबराहीम हुसैन, मुस्लिम मियाँ, हाजी गाेहल, जिया हुसैनलगायले विचार राखे भने एक सय बढी समाजसेवीकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया