बाढीले बगायो दुम्कीबासको डाइभर्सन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Jasus Khabar 3958+ समाचार ( )
३० जेठ २०८२

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको छ।

आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको उनले बताए।

डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ।

यसैबिच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ। असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजना छ। रासस 

प्रतिक्रिया