मुस्ताङको घरपझोङ गाउँपालिका–१ र २ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिजको निर्माण सकिएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो ।>
संघीय विशेष अनुदानको १ करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको ९० लाख रुपैयाँ लागत साझेदारी गरी जम्मा २ करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए ।>
बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ-१, छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आशबहादुर थकालीले बताए ।>>