गत असोज ११ र १२ गते सुनकोसी नदीमा आएको बढीपहिरोबाट क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड सडकको पुनर्निर्माण सुरु गरिएको छ। खुर्कोट–घुर्मी खण्डका विभिन्न स्थानमा मध्यपहाडी सडक आयोजनाले सडक पुनर्निर्माण सुरु गरेको हो। >
आगामी वर्षअघिनै निर्माण सम्पन्न गर्नेगरी सहयोगी कन्ट्रक्सन प्रालिसँग सम्झौता गरी सडक पुनर्निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ। आयोजना कार्यालय सित्खा रामेछापका डिभिजन इन्जिनियर विदुर पौडेलका अनुसार आगामी वर्षमा पनि सडक अवरुद्ध नहुने गरी निर्माण कार्यलाई अघि बढाएको छ। >
लोकमार्गको कतिपय स्थानमा बाढीले बेस नै नरहने गरी बगाएपछि सुनकोशी नदीलाई तर्काएर अस्थायी डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गरिँदै आएको छ। >
गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेका अनुसार बाढीपहिरोले गाउँपालिका अन्तर्गत बलेनी र मुर्किबेसी क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्याएकाे छ। >
लोकमार्गको कतिपय स्थानमा अझै पनि सुख्खा पहिरो खस्ने गरेको छ। सडकमाथिबाट पहिरो खस्ने र सडक तलबाट नदीले कटान गर्ने गर्दा सामान्य वर्षामा समेत पटकपटक सडक अवरुद्ध हुने गरेको छ। >
जिल्ला प्रशासन र स्थानीय सरकारले पहिरो पन्छाएर तत्काल एकतर्फी यातायात सञ्चालनमा ल्याउँदै गरेको छ। तर ती स्थानमा बर्खाको समयमा सञ्चालनमा ल्याउन नसक्ने भएपछि आयोजनाले पहिलो चरणमा झण्डै दश करोड रुपैयाँको लागतमा पुनर्निर्माण थालेको हो। >
मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडक सिन्धुली तथा रामेछापको पूर्वी भागसहित खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो दुरीको सडक हो।>
>>>>>