सप्तरी, बर्मझिया – सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत दन्तकाली विशेष कार्य तालीम शिक्षालय, बर्मझियामा सम्पन्न सि.सं. २३७ (ग) सशस्त्र प्रहरी जवान आधारभूत तालीम समारोहमा मुस्लिम समुदायबाट पाँच जना नवदीक्षित भएका छन्।>
आज सम्पन्न दीक्षान्त समारोहमा अजाद धुन्या, अजान अन्सारी, सुभान अन्सारी, सम्साद मिया लगायत अन्य प्रशिक्षार्थी दिक्षित भएका छन्। दीक्षित जवानहरूले सशस्त्र प्रहरी बलमा उच्च समर्पणका साथ सेवा गर्ने प्रतिज्ञा गरेका छन्।>
उक्त समारोहमा उच्च पदस्थ अधिकृतहरूको उपस्थितिमा सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। समारोहमा प्रशिक्षार्थीहरूको कठिन मेहनत, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो। Jasus Khabar #jasuskhabar>>