प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका प्रमुख साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार फेसबुकमा एउटा पोस्ट गरे- सुनसरीमा नेपाल उराँव संघको स्थापना दिवस तथा पूजा कार्यक्रमलाई सम्बोधन गरेकोबारे। ओली नेतृत्वको सरकारले फेसबुक, ट्विटर, ह्वाट्सएपसहित २६ वटा सामाजिक सञ्जालहरू बन्द गरेपछि देशभरिको सञ्चार प्रभावित भएको छ।>
नेपाली कांग्रेसका महामन्त्री गगन थाापालगायतले यो प्रतिबन्धको विरोध गरे पनि सभापति देउवा भने सत्ता साझेदार ओलीकै पक्षमा उभिएका छन्।>
ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्>>>
>
उनै देउवाले फेसबुकमा शनिबार पोस्ट गरे- आज सुनसरीको भोक्राहा नरसिंह नगरपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु। देउवाले केही फोटो पनि पोस्ट गरे।>
सामाजिक सञ्जाल बन्दको विरोधमा उभिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेनले देउवाको पोस्टमा कमेन्ट लेखे- ‘यो पोस्ट कुन भिपिएनबाट हो, नेपाली हो कि विदेशी। साह्रै गाह्रो हुने रहेछ, भिपिएनबाट चलाउन त!’>
देउवाको पोस्टमा ३ हजार ४ सय लाइक आउँदा बालेनको कमेन्टमा भने १३ हजारभन्दा बढीले लाइक गरेका छन्।>
>>
>>
>>