पाकिस्तानमा बम विस्फोट हुँदा सेनाका मेजरसहित तीन जनाको मृत्यु

Jasus Khabar 3962+ समाचार ( )
२१ श्रावण २०८२

 पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा बम विस्फोट भएको छ। कुर्दगाप तहसीलको काली पासन्द खान नजिक भएको घटनामा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ।

बीबीसी उर्दूसँग कुरा गर्दै एक वरिष्ठ प्रशासनिक अधिकारीले भने,‘अज्ञात हतियारधारी व्यक्तिहरूले यहाँ विस्फोटक पदार्थ राखेका थिए।’ उनले सुरक्षा बलका सवारी साधन गुज्रिरहेको बेला विस्फोट भएको बताए। 

विस्फोटमा एक सैन्य गाडी ठोक्किएको थियो। यसमा एक सेनाका मेजर र अन्य दुई सैनिकको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले घटनाबारे अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन।

यस आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मीले लिएको छ।

प्रतिक्रिया