रुपा गाउँपालिकाको बजेट ४८ करोड

Jasus Khabar 3958+ समाचार ( )
९ आषाढ २०८२

पोखरा- कास्कीको रुपा गाउँपालिकाले ४८ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाले ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट ल्याएको हो ।

उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँ सभामा पेश गरेको अनुमानित बजेटमा ३३ करोड ३४ लाख ४८ हजार रुपैयाँ चालु खर्चका लागि र १५ करोड २० लाख ५७ हजार रुपैयाँ पूँजीगत खर्चमा विनियोजन गरिएको छ ।

कृषि र पशुपालनलाई प्राथमिकता दिएको बजेटमा ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्यलाई ३ करोड ५९ लाख रुपैयाँ, शिक्षालाई १६ करोड ७२ लाख रुपैयाँ, पूर्वाधार विकासमा १० करोड ८९ लाख रुपैयाँ र सामाजिक विकासमा २१ करोड २३ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको हो ।

संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त तथा समपुरक अनुदान ४० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । गण्डकी प्रदेश सरकारको समानीकरण, समपुरक र विशेष अनुदान लगायत २ करोड रुपैयाँ पाउने अनुमान छ ।

आन्तरिक स्रोतबाट १ करोड ६४ लाख रुपैयाँ र चालु आर्थिक वर्षको बाँकी रहेको ३ करोड ८९ लाख रुपैयाँ र प्राप्त हुन नसक्ने ५ करोड ५३ लाख रुपैयाँ बजेटको स्रोतमा उल्लेख छ ।

रुपाले चालु आर्थिक वर्षमा ५० करोड ४६ लाखको रुपैयाँको बजेट ल्याएको थियो ।

प्रतिक्रिया