जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र हिलो पहिरो निम्त्याएको छ । सो हिलो-पहिरोमा परेर धेरै व्यक्ति घाइते भएका छन् भने यातायातमा असर परेको छ । यस्तै धेरै जना बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।>
गत हप्ताको अन्त्यतिर सुरु भएको भारी वर्षाले कागोसिमाको दक्षिणी प्रान्तमा एक जना बेपत्ता र अन्य चार जना घाइते भएका छन् । यस क्षेत्रमा अड्किएको न्यून चापीय प्रणालीले क्युशुको उत्तरी भागहरूमा थप वर्षा ल्याएको छ ।>
>>