बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Jasus Khabar 3962+ समाचार ( )
२४ वैशाख २०८२

बाँकेको कुसुममा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । घटनापछि पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको बा. प्र. ०१ – ६ क ३५९३ नम्बरको बसले भे ९ प ६४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेका राप्तीसोनारी–९, ढकेरीका सुदिप सुवेदी (सुकदेव) को मृत्यु भएको हो।

मोटरसाइकल चालक हिरासिंह वली घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। ११.४० बजे दुर्घटना भएको थियो। आफन्ती तथा स्थानीयले २।३० बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, कुसुममा घटना भएको थियो। त्यही नै बसेर स्थानीयले बाटो अवरुद्ध गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए।


प्रतिक्रिया