मोदीलाई गरेको अपिल र भारतसँगको सम्बन्धबारे मोहम्मद युनुसले के भने ?

Jasus Khabar 3958+ समाचार ( )
३० जेठ २०८२

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतीय भूमिबाट राजनीतिक अभिव्यक्ति दिन प्रतिबन्ध लगाउने आफ्नो मागलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बेवास्ता गरेको बताएका छन्।

युनुसले अप्रिलमा बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा द्विपक्षीय बैठक हुँदा  प्रधानमन्त्री मोदीलाई शेख हसिनालाई भारतीय भूमिबाट राजनीतिक अभिव्यक्ति दिनबाट रोक्न अपिल गरेका थिए।

बुधबार लन्डनको चथम हाउसमा बोल्दै युनुसले हसिनालाई भारतबाट सुपुर्दगी गर्ने प्रयास जारी रहने बताए। मोहम्मद युनुसले भने,‘हामी भारतसँग धेरै राम्रो सम्बन्ध राख्न चाहन्छौँ। यो हाम्रो छिमेकी हो। हामी उससँग कुनै समस्या चाहँदैनौँ। तर भारतीय प्रेसको नक्कली समाचारका कारण सधैँ कुनै न कुनै समस्या उत्पन्न हुन्छ।’

उनले यसले बंगलादेशलाई आशंकित र क्रोधित बनाउने बताए। उनले भने,‘हामी यसलाई नियन्त्रण गर्न धेरै प्रयास गर्छौं। तर साइबरस्पेसमा धेरै कुराहरू हुन्छन् र हामी यसबाट टाढा रहन सक्दैनौँ।’

मोहम्मद युनुसले आफूहरु शान्त रहन प्रयास गर्ने गरेको बताए। यस समयमा आफ्नो लागिव सबैभन्दा ठुलो काम शान्ति स्थापना गर्नु रहेको उनले बताए। 

प्रतिक्रिया