सामाजिक एकतालाई बलियो बनाउनुपर्छ: अध्यक्ष नेपाल

Jasus Khabar 1+ समाचार ( )
सामाजिक एकता
२८ कार्तिक २०८०

 नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै जाति तथा समुदायका भाषा, साहित्य तथा संस्कृतिको संरक्षणबाट सामाजिक एकतालाई बलियो बनाउन सकिने बताउनुभयो ।

नेपाल संवत् ११४४ को अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविध कला, मौलिक संस्कृति तथा चाडपर्वले सांस्कृतिकरूपमा एकापसमा जोड्ने फरक भौगोलिक क्षेत्रका नेपालीलाई एकताबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभयो ।

तत्कालीन समाजमा शङ्खधर साख्वाले जनताको ऋणमोचन गरी सञ्चालन गरेको संवत्ले राष्ट्रको सांस्कृतिक पहिचान कायम गरेको बताउँदै सन्देशमा उहाँले यसलाई प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभएको छ ।


प्रतिक्रिया