न्यायाधीश खुसीप्रसाद थारूलाई कालो मोसो दलेको घटनाप्रति न्यायाधीश समाज, नेपालले आपत्ति जनाएको छ ।>
>
मान्छेलाई जिउँदै इट्टा भट्टामा जलाएर हत्या गरेको आरोप लागेका आफ्तफ अलालमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश थारूलाई कालो मोसो दलेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै समाजले घटनाप्रति आपत्ति जनाएको हो ।>
>
‘न्याय सम्पादनको सिलसिलामा इजलासमा काम कारवाही गरिरहेको अवस्थामा न्यायाधीशहरुमाथि गरिएको यस्तो कार्य अत्यन्तै निन्दनीय छ। यस्ता कार्य सम्बन्धित न्यायाधीशमाथिको व्यक्तिगत आक्रमण मात्र नभइ समग्र न्यायपालिकामाथिकै आक्रमण हो भन्ने न्यायाधीश समाज, नेपालको बुझाई रहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ,’यस्ता अपराधिक कार्य गर्ने जो कसैलाई पनि छुट दिन मिल्दैन। न्यायाधीश समाज, नेपाल सो घटनाको भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारबाही गरियोस् भनी माग गर्दछ ।’>
बिहीबार दिउँसो करिब ४ बजेतिर वीरगञ्जमा इजलास बसिरहेको समयमा थारूमाथि केही व्यक्तिले मोसो फालेका थिए। जसमध्ये चार तीन जना पक्राउ परेका छन् ।>
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालकाअनुसार पक्राउ पर्नेमा गर्भु महतो, पदमबहादुर मगर र अविनाश भन्ने किशोर कुमार छन्। उनीहरूले नेकपा बहुमत पार्टी जिन्दावाद, जनताको कर खाएर जनताविरुद्ध फैसला गर्न पाइँदैन भन्दै मोसो फालेका थिए।>
जेठ १४ गते न्यायाधीश थारु र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो।>
विज्ञप्ति:>
>>>