सिरियाली सेना र पूर्व राष्ट्रपति बसर अल-असदका लडाकुहरूबीच लताकिया र टार्टसको तटीय क्षेत्रहरूमा भीषण द्वन्द्व सुरु भएको छ। दुई दिनमा भएको द्वन्द्वमा १८० भन्दा बढीको मृत्यु भइसकेको जनाइएको छ। साथै ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।>
द्वन्द्वग्रस्त क्षेत्र रुसी नियन्त्रित एयरबेसको नजिक छ। स्रोतका अनुसार सुरक्षाबलले एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा झडप सुरु भएको थियो। यसपछि सरकारले लताकिया र टार्टसमा ठूलो संख्यामा सेना तैनाथ गरेको छ। साथै, कर्फ्यू लगाउने आदेश पनि दिइएको छ।>
>
सिरियाली सरकारले असदप्रति वफादार लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गरेपछि हिंसा भड्किएको जनाएको छ। यसैबीच असदका लडाकुहरूले सुरक्षा बलमाथि आवासीय क्षेत्रहरूमा बमबारी गरेको आरोप लगाएका छन्।>
लताकिया र टार्टस प्रान्तमा भएको हिंसाले अबु मोहम्मद अल-जुलानीको नेतृत्वमा रहेको सरकारलाई चुनौती दिएको छ। यी क्षेत्र अल्वी समुदायको गढ हुन्। >
>
उनीहरु पूर्व राष्ट्रपति बसर अल-असदप्रति वफादार रहेका छन्। गत वर्ष डिसेम्बरमा बसर अल-असदलाई सत्ताबाट हटाइएपछि सिरियामा भएको यो सबैभन्दा गम्भीर हिंसात्मक झडप हो।>>