सुनसरी बहुमुखी क्याम्पस इनरुवाको सञ्चालक समितिमा सेराज हुसैन मनोनीत

Jasus Khabar 3942+ समाचार ( )
१० जेठ २०८३

इनरुवा । नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँकार्यसमितिको सह-सचिब सेराज हुसैन सुनसरी बहुमुखी क्याम्पस, इनरुवाको सञ्चालक समितिको सदस्यमा मनोनीत भएका छन्।

क्याम्पस व्यवस्थापन पक्षले हालै गरेको निर्णयअनुसार हुसैनलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको हो। उनको मनोनयनसँगै क्याम्पसको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासका गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

नवनियुक्त सदस्य हुसैनले आफूलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “सुनसरी बहुमुखी क्याम्पस जिल्लाकै पुरानो तथा प्रतिष्ठित शैक्षिक संस्था हो। क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि सञ्चालक समितिसँग सहकार्य गर्दै सक्रिय भूमिका निर्वाह गर्नेछु।”

उनले क्याम्पसको समग्र हितलाई केन्द्रमा राखेर काम गर्ने तथा सबै सरोकारवालासँग समन्वय गरेर संस्थाको विकासमा योगदान पुर्‍याउने बताए।

स्थानीय शिक्षाप्रेमी तथा क्याम्पससँग आबद्ध व्यक्तिहरूले हुसैनको मनोनयनले क्याम्पसको व्यवस्थापन र विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया