रामधुनीमा घरायसी विवाद: विष सेवन, कोशी अस्पतालमा उपचार

Jasus Khabar 3942+ समाचार ( )
१७ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । रामधुनी नगरपालिका–७ कुमरखोतमा एक महिलाले घरायसी विवादका कारण विष सेवन गरेकी छिन्।


जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दिपक ऋषिदेवकी २५ वर्षीया श्रीमती पुर्णसदा ऋषिदेवले हिजो मंगलवार साँझ ५ बजेतिर किरामार्ने विषादी सेवन गरेकी थिइन्।

विष सेवनपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनका श्रीमान् दिपक ऋषिदेवले तुरुन्तै उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याएका थिए।


हाल पीडित महिलाको अस्पतालमा उपचार भइरहेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार