जिल्ला प्रहरी कार्यालय सुनसरीमा वृक्षारोपण

Jasus Khabar 3958+ समाचार ( )
१८ श्रावण २०८२

अजमल अन्सारी

इनरुवा । राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।


“हरियालीका साथै स्वच्छ, स्वस्थ र प्रदूषणरहित वातावरण निर्माण” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।


कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका बोटविरुवा रोपिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


प्रकृति संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण महत्त्वपूर्ण माध्यम हुने जनाउँदै सहभागीहरुले यस्ता कार्यक्रमले दीर्घकालीन सकारात्मक असर पार्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया