प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२३ अंकले बढ्यो

Jasus Khabar 3961+ समाचार ( )
१८ श्रावण २०८२

 प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२३ अंकले बढेर २९२३.८७ विन्दुमा अडिएको छ।

यो समयमा ५६ स्क्रिप्सको १२ हजार ४९५ कित्ता सेयर  ७६ लाख  १६ हजार १३१ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा कारोबारमा  आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घट्यो।

प्रतिक्रिया