सिरहाको गोलबजार नगरपालिका-१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।>
वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा पाँच स्वास्थ्य स्वयंसेविकालाई एक एक थान साइकल प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै वडा कार्यालयले गरेको पहल अनुकरणीय रहेको बताए। >
‘स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुन्छ’, उनले भने, ‘यस्तो कार्य अन्य वडाका लागि प्रेरणादायी बन्छ ।’>
गोलबजार–१० वडाध्यक्ष उपेन्द्रकुमार मुखियाले साइकल वितरणको उद्देश्यबारे भने, ‘स्वयंसेविकाले घरदैलोमै पुगेर सेवा दिनुपर्छ । उनीहरू टाढाटाढासम्म पैदल हिँड्न बाध्य थिए । अब साइकल पाउँदा उनीहरूको काम सहज र प्रभावकारी बन्ने विश्वास छ ।’>
साइकल वितरणले आफूहरूमा कामप्रति अझ बढी उत्प्रेरित हुन सहयोग पुगेको महिला स्वास्थ्य स्वयंसेविकाहरुले बताएका छन् । स्वास्थ्य स्वयंसेविका निमा लामाले भने, ‘हामीलाई घरदैलोमै सेवा दिनुपर्छ । धेरैपटक टाढाटाढा हिँड्नुपर्थ्यो, समय बढी खर्च हुन्थ्यो । अब साइकल पाएपछि हामी सहज रूपमा समुदायमा पुग्न सक्छौँ ।’>
अर्की स्वयंसेविका पुजन थापाले थपे, ‘वडाले दिएको यो सहयोगले हाम्रो कामप्रति सम्मान महसुस गरायो । यसले हामीलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ ।’>>